राजनीति

भाषणमा सुशासन भन्नेहरुले व्यवहारमा पुष्टि गर्न पूर्वमन्त्री बाँस्कोटाको आग्रह

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भाषणमा सुशासन भन्नेलाई व्यवहारमा पुष्टि गर्न आग्रह गर्नुभएको छ । पनौती नगरपालिका–८ स्थित भालेश्वर माध्यमिक विद्यालयको नवनिर्मित ३६ कोठे तीन भवन शिलान्यास कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उहाँले भाषणमा सुशसानका ठूला कुरा गरेर सुशासन नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो “भाषणमा ठूला कुरा गरेर हुँदैन, दोषी हो भने कारवाही गर्नुपर्छ, लोकतन्त्रमा कसैलाई उन्मुक्ति दिनु हुँदैन ।” नेकपाका केन्द्रीय सदस्य समेत रहनुभएका पूर्वमन्त्री बाँस्कोटाले वर्तमान सरकार सुशासन कायम राख्न उद्धत रहेको बताउनुभयो । “हामी सुशासन चाहन्छौँ, भाषणमा कुर्लने हैन, सुशासन व्यवहारमा पुष्टि गरेर देखाउनुस् । ” उहाँले भन्नुभयोे ।

यसअघि उहाँले विद्यालयमा स्थापित आइसिटी ल्याबको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा पूर्वराज्यमन्त्री रेशम लामा, प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर दोङ, वाग्मती प्रदेशसभा सदस्यद्वय वसुन्धरा हुमागाईं र चन्द्र लामा, पनौती नगरप्रमुख भीम न्यौपाने र विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र केसीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.