जन सरोकार

चौरजहारी अवतरण गर्नुपर्ने विमान नेपालगञ्ज झरेपछि

सोमबार नेपाल वायुसेवा निगम (नेवानि)को जहाजका यात्रुलाई । काठमाडौबाट रुकुमको चौरजहारी विमानस्थलमा उडेको नेवानिको ट्विनअर्टर जहाज पाइलटको ‘ड्यूटी आवर’ सकिएको भन्दै सोमबार साँझ नेपालगन्जमा ‘नाइट स्टप’ गरेको छ ।

यात्रुहरुलाई गन्तव्यमाा नपुर्याएर बिचमा अवतरण गर्नु मानवीय हिसाबले पनि उपयुक्त नभए पनि तोकिएको अवधिभन्दा बढी समय जहाज उडाएमा कारबाही हुने डरले पाइलटले जहाज बिचैमा अवतरण गरेको बताइन्छ ।

नेवानिका एक अधिकारीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले पाइलटका लागि एक दिनमा १० घण्टा वा १० पटकको ल्यान्डिङसम्म उडान गर्न पाउने भनि निश्चित समयावधि तोकेको छ । त्यो समयावधि भन्दा बढी समय पाइलटले जहाज उडाएमा एयरलाइन्स र पाइलट दुबैलाई नियामक निकायले कारवाही गर्छन् ।

यसै बाध्यताका कारण सोमबार नेपालगन्जबाट चौरजहारी उडेको जहाजले नेपालगन्जमा नाइटस्टप गरेको बताउँदै उनले ड्यूटी आवरको सीमा मिच्न पाइन्न, त्यसैले जहाज नेपालगन्जमा अवतरण गरिएको दावी गरे ।

उनको अर्को दावी के छ भने चौरजहारीको मौसम खराब भएको रिर्पोट आएपछि जहाजलाई नेपालगञ्जमै अवतरण गरिएको हो । चौरजहारी पुगेर अवतरण गर्न नसकेको भए पाइलटको ड्यूटी आवर क्रस हुने अवस्था थियो ।

त्रिभुवन विमानस्थलबाट सोमबार साँझ उडेको जहाजले मंगलबार बिहानैबाट नेपालगन्जलाई आधार बनाएर उडान गर्दा यस्तो अवस्था आएको ती अधिकारीले बताए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.