बीबीसी १०० महिलामा वेवारिसे शव व्यवस्थापनमा सक्रिय सपना रोकामगर
वेवारिसे अवस्थामा रहेका शवको दाहसंस्कार गर्दैआएकी १९ वर्षीया सपना रोका मगरलाई बीबीसी विश्व सेवाले हरेक वर्ष घोषणा गर्ने १०० महिलाको सूचीमा राखेको छ । विश्वभर विशेष योगदान दिने महिलाहरुको खोजी गर्ने क्रममा बीबीसीले नेपाली युवती रोकालाई पनि चयन गरेको हो ।
बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि छन् ।
बीबीसीको सूचीमा परेपछि रोकाले आफू गौरवान्वित भएको बताउँदै यसबाट मैले थप प्रोत्साहन पाएको र यो सामान्य नेपाली महिलाको लागि प्रेरणा अनि हामी सबैको लागि ठूलो सम्मान भएको बताउनुभएको छ ।
सडकमा बेवारिसे अवस्थामा रहेका शवको व्यवस्थापन गर्ने मात्र हैन, धार्मिक संस्कार अनुसार दाहसंस्कारका साथ दगबत्ती दिनेदेखि सबै काम गर्दै आएकी रोकाले अहिलेसम्म ३८ बेवारिसे शवलाई दागबत्ती दिइसकेकी छन् ।
प्रतिक्रिया राख्नुहोस्