खेल

पारस "आइसिसी मेन्स एसोसिएट प्लेयर अफ दि डिकेड अवार्ड"मा मनोनित

नेपाललाई आईसीसी डिभिजन-५ बाट टी- २० विश्वकप हुँदै एकदिवसीय मान्यता दिलाउन महत्वपूर्ण योगदान दिएका पूर्व कप्तान पारस खड्कालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले एसोसिएट राष्ट्रहरुबाट दशककै उत्कृष्ट खेलाडीको अवार्डका लागि मनोनयन गरेको छ ।

आइसिसीले मंगलबार सार्वजनिक गरेको सूचीमा पूर्वकप्तान खड्का दशक “आइसिसी मेन्स एसोसिएट प्लेयर अफ दि डिकेड” अवार्डको मनोनयनमा परेका हुन् । सो सूचीमा नेपाली राष्ट्रिय टिमका पारससँगै सूचीमा स्टकल्यान्डका रिची बेरिनटन, नेदरल्यान्ड्सका पिटर बोरेन, स्कटल्यान्डका केल कोइजर, स्कटल्यान्डकै कोलम म्याकलियोड र पपुवा एन्ड न्युगिनीका असद भाला परेका छन् ।

आइसिसीले विश्व क्रिकेटका पुरुष तथा महिला खेलाडीलाई सम्मान गर्न विभिन्न विधामा अवार्ड दिँदै आएको छ । यो वर्ष आइसिसीले दशकको क्रिकेट खेलाडी (महिला तथा पुरुष), दशकको पुरुष टेस्ट खेलाडी, दशकको एकदिवसीय खेलाडी (महिला तथा पुरुष), दशकको टी–२० खेलाडी (महिला तथा पुरुष), दशकको एसोसिएट खेलाडी (महिला तथा पुरुष) र आइसिसी स्पिरिट अफ क्रिकेट अफ दि डिकेड विधामा पुरस्कार दिइनेछ ।

यो अवार्डको मनोनयनमा परेका खेलाडीलाई भोट गर्न आइसिसीले आफ्नो वेभपोर्टलमा व्यवस्थान गरेको छ । अवार्ड आगामी १७ डिसेम्बरमा घोषणा गरिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.