जापानप्रबास

नोभेम्बर २९ मा ईन्जाको ग्लोबल मिडिया कन्फरेन्स, तयारी अन्तिम चरणमा

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल (ईन्जा)ले यस बर्ष ईन्जा ग्लोबल मिडिया कन्फरेन्स यही नोभेम्बर २९ आईतबारका दिन भर्चुअल माध्यमबाट सम्पन्न गर्ने भएको छ ।

ईन्जाले गत बर्षबाट नोभेम्बरमा ग्लोबल कार्यक्रम गर्न शुरु गरेको थियो भने हरेक वर्ष मार्चको पहिलो हप्ता आफ्नो वार्षिक उत्सव मनाउने गर्दछ।

यस बर्ष संचार जगतलाई कोविड-१९ बाट नेपाल लगायत विश्वभर परेको प्रभाव, यसबाट नेपाली संचारकर्मीमा परेको असर, संचारले लिएको बदलिंदो स्वरुप र संचार अपनाउनु पर्ने कदमहरु जस्ता विषयमा कार्यपत्र प्रस्तुत हुने र विद्वान सहभागीहरुबाट यसको समीक्षा हुने ईन्जाका ग्लोबल अध्यक्ष गुणराज लुईटेलले बताउनु भयो ।

अध्यक्ष लुईटेलका अनुसार यस बर्ष नेपाल, अमेरिका र अन्य विश्वबाट दर्जनौं नेपाली पत्रकारहरु यस भर्चुवल सम्मेलनमा सहभागी हुनुहुनेछ।

यस कार्यक्रममा नेपाली पत्रकारितामा लामो समय अनुभव हासिल गरिसक्नु भएका र खोज, अनुसन्धान, रेडियो पत्रकारिता तथा प्राध्यापनमा संलग्न वरिष्ठ पत्रकार घमराज लुईटेल एवं हाल डायस्पोरामा रहनुभएकी वरिष्ठ पत्रकार विष्णु शर्माले कार्यपत्र प्रस्तुत गर्दै हुनुहुन्छ ।

वरिष्ठ पत्रकारद्वय लुईटेल एवं शर्माका कार्यपत्रहरु माथि वरिष्ठ पत्रकारहरु तारा बराल, तीर्थ कोईराला, बन्दना राणा, बविता बस्नेत, तारानाथ दाहालले अतिथिको रुपमा समीक्षा गर्नु हुनेछ भने पत्रकारहरु नीतु पंडित, कृष्ण ढुंगाना, मीरा राजभण्डारी अमात्य लगायतले कन्टेण्ट समीक्षा गर्नु हुनेछ ।

अमेरिकाको प्रसिद्ध संचार सम्बन्धी संस्था सोसाईटी अफ प्रोफेशनल जर्नालिष्ट(यसपीजे)का अध्यक्ष म्याथ्यु हलले अमेरिकामा भएको संचारकर्म, यसका माध्यम र अन्य विविध पक्षमा जानकारी दिने कुरा भईरहेको ईन्जाले जनाएको छ । यस्तै विभिन्न अमेरिकी संचार माध्यमहरुलाई पनि निम्ता दिइएको जनाइएको छ ।

कार्यक्रममा अतिथीको रुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस युनियन र प्रेस संगठन, नेजाका अध्यक्ष वा प्रतिनिधिहरुले पनि सहभागिता जनाउनु हुनेछ । यस्तै नेपालका सवै क्षेत्र र धेरै जिल्लाबाट पनि पत्रकारहरु जुम कन्फरेन्समा जोडिनु हुनेछ ।

कार्यक्रम संचालनको मोडल र अतिथिहरुको उपस्थितिबारेमा सवै तयारी अन्तिम चरणमा पुगेको जानकारी ईन्जा एशियाका अध्यक्ष टंक पन्तले दिनुभयो । इन्जा युरोप पनि यस कार्यक्रमको सफलताको लागि खटिरहेको कुरा अध्यक्ष ददी सापकोटाले बताउनु भएको छ । भने इन्जा क्यानडा, कोरिया, ईन्डिया र अस्ट्रेलियाबाट पनि पत्रकारहरु जोडिने तयारीमा रहनु भएको छ। यस्तै जापानबाट पनि उल्लेख्य पत्रकारहरू सहभागि हुने तयारी रहेको ईन्जा जापानका अध्यक्ष तथा एसिया च्याप्टर उपाध्यक्ष आनन्द कोइरालाले जानकारी दिनुभयो ।

सम्मेलनको लक्ष्य र उद्देश्यमाथि थप प्रकाश पार्दै कार्यक्रम संयोजक ईन्जा बरिष्ठ उपाध्यक्ष विष्णु शीतलले यो मिडिया कन्फेरेन्समा प्रस्तुत कार्यपत्र एवं यसको समीक्षाको विस्तृत प्रतिबेदन पुस्तकको रुपमा तयार हुने र अमेरिका अनि नेपालका विभिन्न निकायमा अभिलेखको रुपमा राखिने जानकारी गराउनु भयो।

उहाँले कार्यक्रम अमेरिकाको समय साप्ताहिक विदाको दिन आईतबार विहान ९ बजे, नेपालमा साँझ ७:४५ बजे र युरोपमा ३:३० बजे दिउंसो तथा जापानमा राती ११ बजेको समयमा हुन गईरहकोले ब्यापक सहभागिता जनाउन ईन्जाले अनुरोध गरेको छ ।

सम्मेलनको ब्यवस्थापन हेरिरहनु भएका महासचिव शिव विष्टले ईन्जाको संस्थागत विकासमा आइपर्ने चुनौतिलाई बुकावला गर्दै संसारभरिका संचारकर्मीको साझा संस्थाको रुपमा विकास गर्न यो सम्मेलनले योगदान दिने बताउनु भयो । उपाध्यक्ष किशोर सापकोटाले कार्यक्रमलाई छोटो र चुस्त बनाउन टिपोट र रिपोर्ट टीमसंग काम गरिरहेको बताउनु भयो । ईन्जाका संरक्षकद्वय वरिष्ठ पत्रकार राम खरेल र वरिष्ठ पत्रकार योगेश उपाध्यायले सफलताको शुभकामना दिनु भएको छ।

ईन्जाका संचार संयोजक विजय थापाले गत साल स्थलगतमा भएको भन्दा पनि सशक्त रुपमा प्रचार प्रसार गर्न ईनेप्लिज र अन्य मिडिया पार्टनरहरुसंग कुरा भैरहेको बताउनुभयो । न्यूयोर्कबाट कार्यसमिति सदस्यहरु भुपेन्द्र थापा, तारा भट्टराई, ज्योतिकुमार श्रेष्ठले धेरै साथीहरुको सहभागिता रहने बताउनु भएको छ ।

यसै गरी ईन्जाले हाल नेपालमा कोरोनाबाट आर्थिक समस्यामा परेका करीब ८० जना पत्रकारहरुलाई पहिलो चरणमा लेखन वृत्ति मार्फत सहयोग पुर्याइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.