जन सरोकार

प्रहरीको गोलीबाट प्रदर्शनकारीको मृत्युपछि बर्दिबासमा २४ घण्टे कफ्र्यू जारी

महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १४ की ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या प्रकरणमा मंगलबार भएको प्रदर्शनमा प्रहरीका गोली लागि गम्भीर घाइते भएका एक जना प्रदर्शनकारीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा निषेधाज्ञा लगाएको छ ।

प्रहरीले चलाएको गोली लागेर घाइते भएका बर्दिबास नगरपालिका वडा नम्बर १ का ४२ वर्षीय सञ्जय भन्ने बुद्धिराम न्यौपानेको गए राति मृत्यु भएको थियो । मंगलबार गोली लागेका न्यौपानेलाई हेलिकप्टरबाट ग्राण्डी अस्पताल ल्याएर उपचार गरिएकोमा गए राति उनको मृत्यु भएको हो ।

न्यौपानेको मृत्युपछि बुधबार बिहानदेखि नै बर्दिबासमा प्रदर्शन भैरहेको थियो । थप प्रदर्शन हुन नदिन भन्दै प्रशासनले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्म निषेधाज्ञा लागू गरेको छ ।

पूर्वमा रातुखोला, पश्चिममा माइस्थानचोक, उत्तरमा पाटेचोक र दक्षिणमा क्वार्टरचोक क्षेत्रमा निषेधाज्ञा लगाइएको उनले जानकारी दिए। बालिका हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ । बलात्कार पछि बालिकाको हत्या भएको स्थानीयको आशंका छ।

६ वर्षीषा बालिकाको बलात्कारपछि बालिका हत्या गरिएको भन्दै स्थानीय बासिन्दा आन्दोलन गरिरहेका छन् । स्थानीयले बालिकाको शव सडकमा राखेर मंगलबार प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.