राजनीति

नवनियुक्त सहमहामन्त्री र केन्द्रीय सदस्यहरुलाई सभापति देउवाको निर्देशन- आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनु

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त सहमहामन्त्री र केन्द्रीय सदस्यहरुलाई नियक्तिपत्र दिंदै आगामी निर्वाचनमा पार्टीलाई जिताउन निर्देशन दिनुभएको छ ।

बुधबार आफ्नै निवास बुढानिलकण्ठमा आयोजित कार्यक्रममा सभापति देउवाले मुलुकमा हाल देखिएको समस्या र चुनौतिको सामना गर्न पार्टी संगठनलाई एक ढिक्का बनाएर आगामी निर्वाचनमा जिताउन निर्देशन दिनुभएको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत कात्तिक २८ गतेको निर्णयबाट गत साउन १३ गते राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका १६ केन्द्रीय सदस्य र अन्य ३१ जना नेतामध्ये १० जनालाई पार्टीले केन्द्रीय कार्यसमितिमा मनोनयन गरेको थियो ।

बैठकले सुनिलबहादुर थापालाई सहमहामन्त्री, रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, वावुराम बस्नेत, वृजलाल यादव, किरण गिरी र टिएन योगीलाई केन्द्रीय सदस्य, झापाका दिलिप राई, कैलालीका आशाराम चौधरी र कपिलबस्तुका राजेशबहादुर सिंहलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो ।

सोमबार बुढानिलकण्ठमा आयोजित एक विशेष कार्यक्रममा नवनियुक्त सहमहामन्त्री र केन्द्रीय सदस्यलाई सभापति देउवाले नियुक्ति पत्र दिएपछि पार्टी बलियो बनाउने सक्रिय भएर लाग्न निर्देशन दिनुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.