आम निर्वाचन २०७९
कास्की प्रतिनिधिसभामा एमालेको क्लीन स्वीप
नेकपा एमालेले प्रतिनिधिसभा सदस्यका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा विजय हाँसिल गरेको छ । यसअघि क्षेत्र नं. २ र ३ मा विजयी भएको एमालेले शुक्रबार कास्की–१ मा पनि जित हात पारेको छ ।
कास्की क्षेत्र नं १ मा मनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । पोखरा महानगरपालिका–१२ पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको हलमा सम्पन्न मतगणनामा एमालेका गुरुङ २५ हजार सात सय आठ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरदत्त बरालले २३ हजार एक सय ८९ मत ल्याउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले दश हजार नौ सय ४१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले तीन हजार आठ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




प्रतिक्रिया राख्नुहोस्