जन सरोकार

नेपाललाई फकाउँदै भारत- दियो दुई हजार थान रेम्डेशिभिर खोप

भारतले नेपाललाई कोरोना संक्रणबाट बिरामी भएकालाई दिइने रेम्डेशिभिर खोप प्रदान गरेको छ । बिहिबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले भारत सरकारको तर्फबाट दुई हजार थान रेम्डेशिभिर खोप हस्तान्तरण गर्नुभएको हो ।

नेपाल र भारतबीच लामो समयदेखि कायम संवादहीनताको अन्त्य गर्दै भारतका विदेश सचिव हर्षवर्धन श्रृङ्गला प्रतिनिधिमण्डलस्तरीय बैठकका लागि बिहिबार नेपाल आएलगत्तै सो खोप हस्तान्तरण गर्नुभएको हो ।

भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा उसको नक्सामा राखेपछि र नेपालले त्यसको प्रतिउत्तरमा आफ्नो नक्सा सार्वजनिक गरेपछि चलिएको विवाद अन्त्यका लागि सचिवस्तरीय बैठक चलिरहेको छ ।

दुई मुलुकबीच सीमा विवाद सल्टाउन नेपालले पटकपटक वार्ताका लागि गरेको पहलको वेवास्ता गर्दैआएको भारतले अन्ततः सचिवस्तरीय वार्ताको लागि औचारिक रुपमा प्रतिनिधिमण्ड पठाएको छ । यसअघि भारतीय गुप्तचर निकाय रअका प्रमुखको गोप्य (तर सबै खुला) भ्रमण भएको थियो भने त्यसलगत्तै भारतीय स्थल सेनाध्यक्षले नेपाल भ्रमण गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.