एन आर एन न्युजजापान

छानबिनमा सहयोग गर्न एनआरएनए जापानको आव्हान

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले आर्थिक हिनामिना भएको भन्ने गुनासोको सम्बोधन गर्दै गठन गरेको छानबिन समितिलाई सहयोग गर्न जापानबासी नेपालीहरुमा आव्हान गरेको छ ।

एनआरएनए सचिवालय प्रवक्ता तथा उच्चस्तरीय छानबिन समितिका डा. बलराम श्रेष्ठले एक विज्ञप्ति जारी गरी जापानमा आर्थिक हिनामिना सम्बन्धी उठेका विषय र छानबिनसंग सम्बन्धित सूचना आदि उपलब्ध गरी सहयोग गर्न आव्हान गर्नुभएको हो ।

गत सेप्टेम्बर १९ मा भएको साधारणसभामा आर्थिक हिनामिनाका बारेमा उठेको बहस बिबादमा परिणत हुन पुगेको थियो । यस सम्बन्धमा सत्यतथ्य छानबिन गरी प्रतिबेदन पेश गर्न सन्२०२० अक्टुबर २ का दिन एनआरएनए जापानको सचिबालय बैठकले एक उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।

यस समितिले २०२० अक्टुबर २२ देखि नै छानबिनलाई निरन्तरता दिएको भए तापनि थप सुचना वा अभिलेखहरु भए उपलब्ध गराई छानबिनमा सहयोग गर्नु जापानबासी नेपालीहरुमा अनुरोध गरिएको छ ।

समितिले २०१५ सालको विनाशकारी भूकम्प पीडित नेपालीलाई सहयोग गर्नेदेखि नेपाल फेस्टिभल लगायत विभिन्न कार्यक्रमहरुमा चदादाताहरुले दिएको रकमको प्रमाणसहित समितिलाई बुझाउन आव्हान गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.