राजनीति

पूर्व युवराज पारसको स्वास्थ्यका बारेमा छोरी पूर्णिकाको खुलासा

बुधबार साँझ पूर्व युवराज पारस वीरविक्रम शाहको स्वास्थ्य अवस्था विग्रिएको र उहाँमा मुटुको समस्या बल्झिएको हुनसक्ने भन्दै आएका समाचारहरु भ्रामक रहेको छोरी पूर्णिका शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

पूर्णिकाले “बाबाको स्वास्थ्य स्थितिबारे” भन्दै आफू र पिताको फोटो राखेर आफ्ना पिता पारस अस्वस्थ भएर अस्पताल गएको नभै लामो यात्राका क्रममा भएको थकानले गर्दा साथीहरुको सल्लाहमा परीक्षण गर्नका लागि मात्र अस्पताल गएको जानकारी दिनुभएको छ ।

उहाँले लेख्नुभएको छ- “शुभचिन्तकहरुले भ्रामक समाचार सुनेर निरास नभइदिन अनुरोध गर्दछु । हिजो जनताहरुको घरदैलो गर्दै पोखरादेखि बुटवल र बुटवलदेखि चितवनसम्मको लामो यात्राका कारण साथीहरुको सुझावमा चेकचाजका लागि मात्रहस्पिटल पुग्नुभएको तर बाबा ठूलोखालको कुनै पनि स्वास्थ्य समस्या नरहेको व्यहोरा जानकारी गराउँदछौं । हजुरहरुको माया सद्भाव सदैव कायम रहोस् !”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.