एमाले महाधिवेशनलाई चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश
नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति हुनेछ भने उत्तरी छिमेकी मुलुक चीनको चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ ।

विभिन्न अनलाइन संचारहरुमा एमाले महाधिवेशनलाई चँीनले वहिस्कार गर्यो भन्दै नकारात्मक समाचार टिप्पणी सार्वजकि भैरहेका बेला चीनबाट भिडियो सन्देश आएको हो ।
आज (मंसिर १० गते) मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा हुने महाधिवेशन उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने जनाइएको छ । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुनेछन् ।
महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम छ ।
सभामा बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशबाट राजनीतिक दलका प्रतिनिधि आउनुहुनेछ । त्यस्तै विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका छन् ।
‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने भन्ने नारा एमालेले अघि सारेको छ । नयाँ नेतृत्वका लागि आयोजित महाधिवेशनको बन्दसत्र सौराहामा हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्