क्रिकेटखेल

नेपाल टी-२० विश्वकपको समूह ‘सी’मा, पहिलो खेल इंग्ल्यान्डसँग

नेपालको समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली

सन् २०२६ को फेब्रुअरी र मार्चमा भारत तथा श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटको समूह तथा खेलतालिका सार्वजनिक भएको छ । मंगलबार आईसीसीले एक कार्यक्रम आयोजना गर्दै विश्वकप क्रिकेटको समूह तथा खेलतालिका सार्वजनिक गरेको हो ।

२० टोलीलाई चार समूहमा विभाजन गरेर प्रतियोगिताको समूहचरणमा प्रतिस्पर्धा हुँदै छ। जसमा नेपाल समूह ‘सी’ मा परेको छ । उक्त समूहमा नेपालसहित इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन् । टी–२० विश्वकप अन्तर्गत नेपालको समूह चरणका सबै खेल भारतको मुम्बईमा खेल्ने भएको छ ।

नेपालले पहिलो खेल ८ फेब्रुअरीमा मुम्बईस्थित वान्खडे स्टेडियममा इंग्ल्यान्डविरुद्ध खेल्दै विश्वकपको उद्घाटन गर्नेछ । त्यस्तै नेपालले दोस्रो खेल फेब्रुअरी १२ मा इटालीसँग, तेस्रो खेल फेब्रुअरी १५ मा वेस्ट इन्डिजसँग र चौथो खेल फेब्रुअरी १७ मा बंगलादेशसँग खेल्नेछ ।

त्यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका नामिबिया र नेदरल्यान्ड रहेका छन् भनेस मूह ‘बी’ मा अस्ट्रेलिया, आयरल्यान्ड, ओमान, श्रीलंका र जिम्बाब्वे रहेका छन् ।यस्तै समूह ‘सी’ मा नेपाल, इंग्ल्यान्ड, वेस्टइन्डिज, बंगलादेश र इटाली रहेका छन् भने समूह ‘डी’ मा अफगानिस्तान, क्यानडा, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र युएई रहेका छन् ।

प्रतियोगिता भारत र श्रीलंकाका ७ शहरका ८ स्टेडियममा हुनेछ । टी-२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ ।नेपालले तेस्रो पटक विश्वकपको यात्रा तय गरेको हो । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.