५० मिटर गहिरो खोल्सामा फसेकी बालिकाको उद्धार
मकवानपुरको भीमफेदी गाउँपालिका–५, ढुसिनीपुलमा भीरको खोल्सामा फसेकी एक बालिकाको प्हरीले उद्धार गरेको छ ।
समाचार अनुसार सोमबार राति करिब १४ वर्षीया रजना स्याङ्तान भिरमा फसेको अवस्थामा भेटिएपछि इलाका प्रहरी कार्यालय भीमफेदीको टोलीले उहाँको उद्धार गरेको हो ।
घरबाट छबेली बजार जाने भनेर एक्लै हिँडेकी बालिका खहरे खोलाको भिरबाट करिब ५० मिटर तल खसेरबिच खोल्सामा अड्किएकी थिइन ।
बालिका भीरको खोल्सामा अड्किएको खबर स्थानीयले दिएपछि प्रहरी टोली उहाँ रहेको स्थानमा पुगेर सुरक्षित रूपमा उद्धार गरेको प्रहरीले जनाएको छ ।
उद्धारपछि घाइते बालिकालाई प्रारम्भिक उपचारका लागि भीमफेदी स्वास्थ्य चौकी पठाइएको र थप उपचारका लागि हेटौँडा अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।
बाहिरी चोट नभए पनि ढाडमा भित्री चोट लागेको बताइएको छ । घटनास्थल बालिकाको घरदेखि करिब २०० मिटर दूरीमा छ ।





प्रतिक्रिया राख्नुहोस्