एन आर एन न्युजजापान

डिसेम्वर ५ मा एसिया प्यासिफिक युवा सम्मेलन, तयारी अन्तिम चरणमा

गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटिको आयोजनामा पहिलो युथ मिट कार्यक्रमको आयोजना हुने भएको छ।

एसिया प्यासिफिक युवा कमिटिका संयोजक दीपक कँडेलका अनुसार कार्यक्रममा विदेशमा रहेका नेपाली युवाहरुको अध्ययन स्तरसंगै देश निमार्णमा उनीहरुको भूमिका विषयमा विशेष छलफल हुने छ। ‘युवा नवीनता र राष्ट्रनिमार्ण’ विषयमा विभिन्न क्षेत्रका विज्ञहरुले आफनो फरक फरक प्रस्तुति सहित छलफल गरिने छ।

छलफलका लागि थाईल्याण्डबाट खगेन्द्र ढकाल, जापानबाट एसिया प्यासिफिक उपसंयोजक समेत रहनु भएका पारसमणी पोखरेल, सुरेश गिरी र दीपेन्द्र ढकाल लगायतले संयोजकको भूमिका निभाउनु हुनेछ। पारसमणी पोखरेलको टिममा युवा नेताहरु गगन थापा, डा सूर्य पाठक, युवा व्यवसायी निर्वाण चौधरी, रोशन कुमार न्यौपाने, निकोलस पाण्डे लगायतको सहभागिता हुनेछ।

जुम अनलाईन माध्यमबाट आगामी डिसेम्वर ५ तारिक आईतबार नेपाली समय साढे नौ बजेबाट सुरु हुने कार्यक्रममा एसिया प्यासिफिक क्षेत्रका स्थानिय मुलुकका सास्कृतिक प्रस्तुति समेत हुने कँडेलले जानकारी दिनुभयो।

सो सम्मेलनमा नेपालको तर्फबाट राष्ट्रिय युवा परिषद तथा नेपाल सरकारको युवासँग सम्बन्धीत विभिन्न विभाग तथा सरोकारवालाको पनि सहभागिता रहनेछ । कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको संयोजक कँडेलले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.