जन सरोकारस्वास्थ्य

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

सुरुमा वुहानमा देखिएको भाइरसभन्दा उग्र रूपमा फरक, सङ्क्रमणको जोखिम उच्च

दुई वर्षयता विश्वलाई हल्लाइरहेको कोरोना भाइरस सङ्क्रमण न्यून गर्न खोप अभियान चलिरहेको र यसले नियन्त्रण पनि भैरहेको अवस्थामा सङ्क्रमणको उच्च जोखिम रहेको कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई भेरियन्ट अफ कन्सर्न घोषणा गर्दै ‘ओमिक्रोन’ नाम दिएको छ । यो भाइरस सुरुमा चीनको वुहानमा देखिएको भाइरसभन्दा उग्र रूपमा फरक रहेको जनाइएको छ ।

यो भेरियन्टको ठूलो सङ्ख्यामा उत्परिवर्तित भएको छ र प्रारम्भिक प्रमाण अनुसार यो भेरियन्टबाट सङ्क्रमणको जोखिम उच्च रहेको डब्लुएचओले जनाएको छ ।

शुक्रवार विश्व स्वास्थ्य सङ्गठनले सुरुमा B.1.1.529 नाम दिइएको भेरियन्टका कारण दक्षिण अफ्रिकाका सबै जसो राज्यहरूमा सङ्क्रमण बढी रहेको पाइएको जनाएको थियो।

यो भेरियन्ट पहिलो पटक नोभेम्बर २४ तारिखमा दक्षिण अफ्रिकामा पाइएको डब्लुएचओलाई जानकारी गराइएको थियो । हालसम्म ‌ओमिक्रोन बोत्स्वाना, बेल्जियम, हङकङ अनि इजरेलमा पनि पुष्टि भएको छ ।

वैज्ञानिकहरूले यो भेरियन्ट कत्तिको सङ्क्रामक छ भन्ने कुराको अनुसन्धान गरिरहेका नयाँ भेरिअन्टको प्रभाव बुझ्न केही हप्ता लाग्ने जनाएको छ।

अमेरिकाका एक जना सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले नयाँ भेरियन्टबारे रिपोर्टहरूले ‘रातो झन्डा’ देखाएको भए पनि गम्भीर बिरामी हुनबाट खोपले अझै पनि जोगाउन सक्ने सम्भावना रहेको बताएका छन् ।

दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेको पत्ता लागेको हो । पहिलाका उत्परिवर्तनभन्दा यो पछिल्लो उत्परिवर्तन थप घातक हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन ।

एक वैज्ञानिकले यो भेरियन्ट आफूहरूले देखेकोमध्ये खराब भएको बताएका छन् । नयाँ भेरिअन्ट देखिएको अवस्था अहिले सुरुकै चरणमा रहेको र अहिलेसम्म धेरै बिरामीहरू दक्षिण अफ्रिकाको एउटा प्रान्तमा केन्द्रित रहेको बताइएको छ । यो भेरियन्ट आश्चर्यजनक रूपमा धेरै उत्परिवर्तित पनि छ।

दक्षिण अफ्रिकास्थित सेन्टर फर इपिडेमिक रेस्पोन्स एण्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलिओ डि ओलिभियराले यसअघि फैलिएका अन्य भेरियन्टहरूभन्दा यो धेरै भिन्न र उत्परिवर्तनको अस्वाभाविक समूह देखिएको बताए ।

सञ्चारमाध्यमसँग बोल्दै प्राध्यापक ओलिभियराले समग्रमा ५० वटा उत्परिवर्तन भएको र ३० भन्दा बढी स्पाइक प्रोटिन भएको बताए ।

धेरै खोपले स्पाइक प्रोटिन भनिने शरीरको कोषमा टाँसिने भाइरसलाई निसाना बनाएका हुन्छन्, त्यहाँबाट भाइरसले शरीरका कोषमा छिर्ने मार्ग बनाउँछ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.