जन सरोकार

वाग्मती सफाई अभियन्ता मुम्बईको समुद्री किनार सफाईमा (फोटोहरु)

वाग्मती सफाई अभियानका अभियन्ता समाजसेवी तथा चलचित्रकर्मी चक्रबहादुर चन्द यतिखेर आफ्ना चलचित्र प्रेमगीत ३ लाई हिन्दी भाषामा तयार गर्ने क्रममा मुम्बईमा हुनहुन्छ ।

प्रेमगीत ३ हिन्दी भाषामा तयार गरी प्रदर्शनको चटारोमा भए पनि चन्द सफाई अभियानमा जुट्नुभएको छ । उहाँले मुम्बईको समुद्री किनार सफाई अभियान सुरु गर्नुभएको छ । चन्द मुम्बईको ‘भेरशोभा बिच’मा भारतीयहरुका साथमा सफाई अभियानमा संलग्न हुनुभएको हो ।

उज्ज्वल र सुखद भविष्यका लागि सरसफाई भन्ने अभियानका साथ नेपालमा वाग्मती नदीसंगै उपत्यकाका अन्य नदीहरु र मेचीमहाकाली सफाई अभियानमा होमिनभएका चन्दले मुम्बईको बसाईलाई पनि सफाई अभियानबाट अलग गर्न सक्नुभएन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.