जन सरोकारस्वास्थ्य

दुई सय १३ मा कोरोना सङ्क्रमण, तीनजनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने तीनजनाको मृत्यु भएको छ । यस अवधिमा छ हजार ६३२ जनाको पिसीआर परीक्षण गरिएको थियो ।

यससँगै नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २० हजार ७२४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ४६८ पुगेको छ । पछिल्लो समय थप ३२५ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख दुई हजार ४७ पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

तीनको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२१ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ ।

त्यसैगरी पछिल्लो समय एक लाख १५ हजार ४३४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार १५६ रहेको छ ।

हाल होम आइसोलेशनमा छ हजार ७६१, संस्थागत आइसोलेशनमा ३५९, सघन उपचार कक्षमा १७८ र भेन्टिलेटरमा ३० जनाको उपचार हुँदैछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.