नेपालको प्रमुख राजनीतिक पार्टी नेकपा एमालेको दशौँ महाधिबेसन अहिले चितवनमा चलिरहेको छ । यो अधिबेसन सम्पूर्ण एमाले समर्थक र अरु देशी-बिदेशीका लागि पनि निकै चासोपूर्ण रहेको छ । यसले दिने सन्देश र लिने बाटोले दुर सम्मको पुस्ता लाइ पनि प्रत्यक्ष असर गर्ने निश्चित छ । अस्थिरताको दलदलमा फसेको नेपाली राजनीति लाइ जुरुक्क उठाएर बिधि,प्रणाली र पद्दति लाइ सहि ट्रयाकमा ल्याउने चुनौती एमाले संग छ ।

पटक-पटक फुटेर जुटेर बनेको पार्टी यस पटक पनि केहि मानिस पार्टी छोडेर हिडेको अवस्थामा कसरी नेतृत्व चयन गर्छ भन्ने आम चासो छ, जसको पनि सम्बोधन गर्नु पर्ने छ । अहिलेको एमाले नेपालको कम्युनिन्ष्ट आन्दोलनको प्रमुख धार हो, वा पुरानो नेकपाको निरन्तरता वा अध्यक्ष केपी ओलीको एउटा सामान्य गुटहो जसको छिनोफानो आउने चुनाबमा गर्ने स्पस्ट सन्देस त दिनुपर्ने नै छ ।
पार्टी अध्यक्ष ओलीको लोकप्रियताको ग्राफ झन-झन बढ्दै गर्दा पार्टी कुनबाटोबाट हिड्ने छ भन्ने छ भने धेरै युवाहरूको उत्सुकता र युबा लाइ समाबेश गरि पार्टी कसरि अगाडी बढ्छ भन्ने जान्ने चाहानाका बीच पार्टीको माया गर्ने पङ्ती, सुर्य प्रेमी कार्यकर्ता र जनताको चाहाना नेकपाको एकताको निरन्तरताको भाबना बोकेको महाधिबेशन हुन सकोस भन्ने दवाव छ ।
नेतृत्वका उमेरको हदबन्धी, दुइ कार्यकालको सिमा या अन्य ब्यवस्थापन गर्ने तरीकाहरू भए पनि नेपालका सबै पार्टीहरू भन्दा माथि उठेर एउटा लोकतान्त्रीक पार्टीको परीचय नेपालमा बहुदलिय जनवादको सार्थकता र बलियो पार्टी स्थापना भएको देखिए पनि कता कता चुनावको हार स्वीकार्न नसक्दा माक्सबादको नया नया पसल खोल्ने रहरबाट भने टाढा हुन नसक्नु वामपन्थीहरूको संसारी सरूवा रोग हो र थियो त्यो नेपालमा पनि सधै देखिन्छ । बहुदलिय प्रतिस्पर्धा भनेपनि आन्तरीक पार्टी जीवनमा पनि किन नहोस नबौ महाधिबेशनमा चुनावको प्रतिस्पर्धा बाट आउदा बिकृतिहरू पनि आए र जसले पार्टी सानो टुक्रामा भएपनि चोइटिनु सानो कारण पनि हो । हालै चोइटिएको पार्टी अन्यपार्टीको बैशाखी टेकिन्जेल केहि मन्त्रीहरू बन्ने हैसियत बनेपनि भोली चुनावी प्रकृयामा जादा हैसियत जिरो नै हुन सक्छ या अलि अलि हैसियत जोगिए मात्रै होला । तर ठुलो असर भनेको सस्थापन पार्टी लाइ पर्छ भन्ने कुरा जो कोहिले पनि अनुमान गर्न सक्छ ।
असहज देखिने पांच पार्टीको गठबन्धन, अदालतको चर्तिकला देख्दा त झन क केपी ओली प्रति जनताको क्रेज बढ्नु र कार्यकर्ताको साथ रहदा ओलीले आफ्नो पार्टीको सम्पुर्ण पङ्तिलाई समेटेर लैजानु ठुलो चुनौती छ । सामान्य परीस्थितीमा पार्टीमा पुरै टिम प्रतिस्पर्धाबाट गए राम्रो मानिन्छ तर यस्तो चुनौतिले घेरिएको बिषम परीस्थितीमा भने सबैलाई समेटेर काम गर्न सक्ने युवाहरू, महिलाहरू सकेसम्म बढी नेतृत्वमा पठाउन सकियो भने, योगदान, जिम्मेवारी, सिप,दक्षता, विज्ञताका आधारमा माथि नल्याउनेहो भने पार्टीको भबिष्य, देशको समृद्धीमा कुनै परीवर्तन आउदैन पनि ।
कार्यकारी पदहरूमा सकेसम्म दक्ष युवाका साथै अरू सम्मानित पदहरूमा योगदानका आधारमा जिम्मेवारी दिएर, देशर जनतासंग फेरि नेकपा एमाले नै हो जनताको पार्टी, देश बनाउने पार्टी हो भनेर एकताको सन्देश दिने महान महाधिवेशन बनोस । पुराना शैलि, निती, आचरण छोडेर त्याग र परीश्रमको भावनालाई जोडेर एक भएर देश निर्माणमा लागौ ।
एउटा सक्षम नेतृत्वले एउटा समृद्ध देश सजिलै बनाउन सकिन्छ भन्नेकुरा बिभिन्न देशको उदाहरण दिन सकिन्छ । कमि कमजोरीका बाबजुद पनि हामीले एक सक्षम नेतृत्व पाएका छौ यो हाम्रो सम्पति हो । जोगाउनु पर्छ । नेतृत्वको सबल पक्षलाई बोकौ र कमजोरीलाई सच्चाउने हिम्मत पनि गरौ यसो गर्दा त्यागगर्ने, परीश्रम गर्ने नेता, कार्यकर्ता, जनताको भाबनालाई जोडेर बिकास निर्माणमा लगाउन सकिन्छ ।
राजनीतिलाई अलि फराकिलो लामो यात्रा जस्तो सोचौ । पार्टी, सिद्धान्त, धर्म आ-आफ्नो ठाउमा छ त्यसमा प्रतिस्पर्धा आफ्नै तरीकाले गरौँ । तर देश बिकास, निर्माणको काममा भने हामी नेपाली एक हौ । नेकपा, एमालेको एकता मात्र नभएर तिन करोड बिकास प्रेमी जनताको एकता होस । यो महाधिबेसनले एकताको सन्देश दिन सकोस । धेरै धेरै शुभकामना ।
दिपेन्द्र अधिकारी
२०७८ मंसिर ११ गते
प्रतिक्रिया राख्नुहोस्