राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को तेह्रौँ खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ ।
त्रिवि क्रिकेट स्टेडियममा भएको टसमा कप्तान दीपेन्द्र सिंह ऐरीले टस जिती लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो दिएका हुन् । रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ ।
तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटौं स्थानमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार तीन जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ । यो टोलीले ६ अङ्क बटुलेको छ ।
त्यस्तै आजै अपराह्न ४ः०० बजे dजनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर र कुशल भुर्तेलको कप्तानीमा पोखरा जित आफ्नो पोल्टामा पार्ने दाउमा छन् । यसअघि जनकपुर र पोखरा दुवै खेलमा पराजित भएका थिए ।





प्रतिक्रिया राख्नुहोस्