अर्थबिशेष

आजदेखि चुच्चे नक्सासहितको सय रुपैयाँको नोट बजारमा

नेपाल राष्ट्र बैंकले आज मंसिर ११ गते बिहिबारदेखि एक सय दरको नयाँ नोट चलनचल्तीमा आएको छ । बैंकले साविककै आकार र रंगमा चुच्चे नकसाहितको नोट चलनचल्तीमा ल्याएको हो ।

नोटको मध्य भागमा अशोक स्तम्भको चित्रका साथै LUMBINI THE BIRTH PLACE OF LORD BUDDHA लेखिएको । साथै अशोक स्तम्भसँगै दृष्टिविहीनहरुलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्लो रहेको र वायाँतर्फ अण्डाकार भित्र सिल्भर मेटालिक मा मायादेवीको चित्र रहेको ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले संकेत नम्बर ‘क/२०–०००००१’ देखि ‘घ/४०–९९९९९९’ सम्मका नयाँ नोटहरू चलनचल्तीमा ल्याएको जनाएको छ । राष्ट्र बैंकले यसअघि ०७६ असोज ७ गतेदेखि रूपैयाँ सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको थियो ।

तत्कालीन समयमा संकेत नम्बर ‘ओ/१८–०००००१’ देखि ‘क/३७–९९९९९९’ सम्मका नयाँ नोट चलनचल्तीमा ल्याइने भनिएको थियो । तर, राष्ट्र बैंकले संकेत नम्बर ‘ओ/१८–०००००१’ देखि ‘क/१९०३४५००’ सम्मका नोटमात्रै चलनचल्तीमा ल्याएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.