कला/मनोरन्जनकलिउड

हमालले ल्याए हलचल मच्चाउँदै 'पहिलो नजर' (भिडियोसहित)

मानिसले आफूमा भएको प्रतिभा चिन्न सक्यो भने र त्यो प्रतिभालाई उजागर गर्ने जाँगर चलायो भने व्यक्ति सफल हुन्छ । आफ्नो जीवनयात्रा एकातिर भए पनि भित्र गुम्सिएको प्रतिभालाई उजागर गर्ने सपना देख्ने र त्यो सपना पूरा गर्न लागिपर्नेहरु नै समाजमा स्थापित हुन्छन् ।

यस्तै प्रतिभा, रहर अनि जाँगर बोकेर केही समययता गीतहरुमा अभिनय (म्यूजिक भिडियो) गर्दैआएका कलाकार, समाजसेवी सुदीप हमाल पछिल्लो समय रचनाकार र गायक भएर दर्शकमाझ उपस्थित भएका छन् ।

आधा दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका हमाल आफ्नै रचना, स्वर तथा अभिनय रहेको ‘पहिलो नजर’ बोलको गीत लिएर आएका छन् । गीत संगीतमा पहिलेदेखि नै रुची भएका हमाल प्रशासनिक सेवामा संलग्न रहेर पनि आफूलाई कलाक्षेत्रमा डुबाउँदै लगेका छन् ।

कलाकार हमालको पहिलो प्रयास भएको हुँदा केही कमजोरी हुनु स्वाभाविक हो । कुनै पनि कुरा पूर्ण हुँदैन भन्ने शाश्वत सत्यलाई आत्मसात गर्दा हमालको पहिलो प्रयास युवा पुस्ताले बढी रुचाउने खालकै छ । प्रस्तुत गीतमा संगीत र संयोजन तथा रेकर्ड म्यूजिकशालामा गरिएको हो भने विशाल गुरुङको मिक्सिङ रहेको छ ।

पहिलो नजरको म्यूजिक भिडियो मनोजकुुमार पन्तको निर्देशन र छायांकनमा तयार भएको छ भने यसमा गायक हमाल र पुसान लामाले अभिनय गरेका छन् । हमालको आफ्नै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको म्यूजिक भिडियोको पोष्ट प्रडक्सन कोक्रो इन्टरटेनमेन्टले गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.