जन सरोकार

८० वर्ष टिक्ने भनिएको पुल बनाउँदा बनाउँदै भाँच्चियो

नेपालको भौतिक पूर्वाधार विकासमा योजना र नक्सा जस्तो बन्छ सोही अनुसारको निर्माण नगरी काम सक्ने र बजेट पचाउने मेसो मात्रै हुन्छ । नत्र ८० वर्ष आयुको डिजाइन गरिएको पुल बनाउँदा बनाउँदै भाँच्चिने थिएन ।

भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामाथि निर्माण भइरहेकोे पुल भाँचिएको छ । पाँच करोडभन्दा बढीको लागतमा निर्माण भइरहेको सो पुल ८० वर्षको आयु हुने र भूकम्प प्रतिरोधी बन्ने गरी डिजाइन भएको थियो ।

भोजपुर–मानेभज्याङ–रानीबास–घोडेटार सडकखण्डअन्तर्गत पर्ने सो पुल १२ फागुन २०७६ मा शिलान्यास गरिएको थियो । पुल ढलानपछि टेकाले थाम्न नसकेर भाँचिएको हो ।

असार २०७७ सम्ममा नै बनाइसक्ने गरी बनाउन शुरु गरिएको पुल ४५ मिटर लामो, ६ मिटर चौडाइको छ । पुलमा दुवैतर्फ एक दशमलब २० मिटर पैदल यात्रु हिँड्ने स्पेस पनि बनाइएको थियो । केवल ट्रस, खुला फाउन्डेसनको १ मात्रै स्पानमा बनिरहेको पुलको दुवैपट्टि पक्की पिलर बनाएर ट्रस जडान गर्नुपर्ने थियो ।

पुल बनेपछि भोजपुर सदरमुकामबाट दक्षिण हुँदै तराईका जिल्लामा सहज पहुँच बन्ने आशा स्थानीयवासीमा थियो । जोखिम मोलेर यात्रा गर्दै आएका उनीहरुको आशा पुल भत्किएसँगै भत्किएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.