राजनीति

चार नेताले बुझाए ओलीलाई नयाँ केन्द्रीय सदस्यको नामावली, सूचीमा चित्त नबुझे निर्वाचन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा कार्यसमिति चयन गर्ने केन्द्रीय समितिले दिएको अधिकार अनुसार जिम्मेवारी दिनुभएका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् ।

नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले अध्यक्ष ओलीलाई बुझाएको सूचीमा वर्तमान केन्द्रीय सदस्यहरुलाई निरन्तरता दिइएको छ भने अरु नाम क्लस्टर मिलाएर थपिएको छ । सो सूची अब ओलीले अन्तिम रुप दिने र बन्दसत्रमा प्रस्तुत हुने बताइएको छ ।

सौराहमा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएको थियो ।

चार नेताले पार्क सफारी होटलको कोठा नम्बर ४०१ मा बसेर केन्द्रीय सदस्यहरुको सूची तयार पारेर अध्यक्ष ओलीलाई बुझाएको सचिव गुरुङले बताउनुभयो ।

सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नका लागि अध्यक्ष ओलीले चयन गरेको केन्द्रीय सदस्य, तथा पदाधिकारीहरुमाा कसैलाई चित्त नबुझेमा सो पदमा निर्वाचन हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.