राजनीति

सांसद भट्टराईद्वारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका योजना सार्वजनिक

कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारीद्वारा आर्थिक बर्ष २०७७।७८ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र विनियोजित बजेट सार्वजनिक गर्नुभएको छ ।

भट्टराईले पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो निर्वाचन क्षेत्रमा रु चार करोडका विभिन्न ३० योजना छनोट गरिएको जानकारी दिनुभयो । संघीय सरकारबाट कास्की क्षेत्र नंं २ मा विनियोजित योजनाहरुको समेत जानकारी दिदै योजनामा जनसहभागिताले मात्र विकास सार्थक र उपलब्धिमुलक हुने बताउनुभयो ।

भट्टराईले पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व, लोकतन्त्रको सारभूत मान्यता हो । यस मान्यतालाई परिपालना गर्दै सामाजिक न्याय र समतामूलक समाजको स्थापना गर्ने उद्देश्यका साथ निरन्तर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा कास्कीका अध्यक्ष एबम गण्डकी प्रदेससभा सदस्य कृष्ण थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

हेर्नुहोस कहाँ कुन योजना

१. बुढानिलकण्ठ बहुउद्देश्य सामुदायिक भवन निर्माण पोखरा ४-१० लाख
२. गणेश मन्दिर पछाडीको सडक स्तरोन्नती पोखरा ४-१० लाख
३. पोखरा ७ र ६ जोड्ने मुलखोकमा बन्दै गरेको अपुरो कल्बर्ट सहितको पुल निर्माण, रिटेनिङ वाल २५ लाख
४. शिवालय मार्ग ढल निर्माण पोखरा ८-२० लाख
५. रक्तसंचार केन्द्र पूर्वाधार निर्माण पोखरा ८-२० लाख
६. महेन्द्र मा वि, नव प्रभात मा वि भौतिक संरचना निर्माण पोखरा ९-१० लाख
७. जलारी समाज भवन, शान्ती दर्शन बहुउद्देश्य भवन निर्माण पोखरा ९-१० लाख
८. शान्तीबन स्थित स्मृति सभाहल र साहारा आधारभूत प्रा।वि।को भवन स्तरोन्नती पोखरा ९-१० लाख
९. जिल्ला ट्राफिक कार्यालय पूर्वाधार निर्माणपोखरा ९-१० लाख
१०. कालीका चोक व्यँसघारी सडक स्तरोन्नती, रामघाट परोपकार संस्था कृयापुत्री भवन जाने बाटो स्तरोन्नतीपोखरा ११-२५ लाख
११. तुलसीघाट कृयापुत्री भवनपोखरा ११-१० लाख
१२. फुलबारी मार्ग ९शिव मन्दिरबाट जाने सडक पोखरा १५-१५ लाख
१३. अलकापुर मार्ग स्तरोन्नती पोखरा १५-१५ लाख
१४. गायकटोल, सिमलखोरिया सडक ढलान तथा स्तरोन्नती पोखरा १६-१० लाख
१५. जेष्ठ नागरिक दिवा सेवा केन्द्र पोखरा १६-१० लाख
१६. शान्तीटोल, सुकाले सडक तथा नाला निर्माणपोखरा १६-१० लाख
१७. घट्टेकुना, ओखले, रञ्जित सडक स्तरोन्नती पोखरा १६-१० लाख
१८. नमुनाटोल, भयरथान सामुदायिक भवन निर्माण तथा फुटपाथ ढलान पोखरा १७-१० लाख
१९. खरबारी सोतोको भलपानी निकास, जनकल्याण टोल भवन निर्माण पोखरा १७-१० लाख
२०. आँखा हस्पिटलदेखी म्यूूजियम जाने घुम्ती काटी बाटो विस्तार, रामनगरटोल स्तरोन्नती पोखरा १७-१५ लाख
२१. हरिहर आमा समुह, शिव बहुउद्देश्य भवन निर्माण, देबीडाँडा मालिक मार्ग देउराली सडकपोखरा २०-१५ लाख
२२. इम्दुपाखा, झुपे पोखरी, विजयपुर, डाँडागाउँ चण्डी सडक स्तरोन्नतीपोखरा २०-१० लाख
२३. मौजा, लामडाँडा खेल मैदान, कुरगाउँ सांस्कृतिक स्थल संरक्षण पोखरा २०-१५ लाख
२४. सेल्टारी कृषि सडक तथा हप्राक, डुड्खु, डडेली, एकहाते रामदी खानेपानी पाइपलाइन विस्तार पोखरा २१-१५ लाख
२५. फोक्सिङकोट संरक्षण, पुष्पलाल अध्ययन केन्द्र संरक्षण पोखरा २१-१० लाख
२६. बक्रेक सामुदायिक भवन, चुरेटागाउँ सडक पोखरा २१-१० लाख
२७. भण्डारीगाउँ हुँदै अधिकारी गाउँ सडक, धुर्सेनी खेल मैदान पोखरा २१-१५ लाख
२८. गैह्रागाउँ, जामुनाबोट सामुदायिक भवन पोखरा ३३-१५ लाख
२९. खरेनी सिगारेबास, लामगादी, उपल्लो पुँडीटार सामुदायिक भवन पोखरा ३३-२० लाख
३०. हुडीकोट चवादी मोटरबाटो, बरपाण्डेथुम सिडी बाटो पोखरा ३३-१० लाख

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.