राजनीति

राष्ट्रपतिबाट चीनको सराहना

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्दै आएकामा छिमेकी मित्र राष्ट्र चीनको सराहना गर्नुभएको छ ।

चीनका राज्य परिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपतिले नेपाल र चीनबीच शदियौँदेखि रहिआएको प्रगाढ सम्बन्ध थप सुदृढ गर्न रक्षामन्त्रीको भ्रमण कोसेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति र चिनियाँ रक्षामन्त्रीबीच भएको भेटमा दुई देशबीच भएको विकास साझेदारीसम्बन्धी सम्झौताको कार्यान्वयनमा जोड दिइएको राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले जानकारी दिनुभयो ।

सो अवसरमा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी, नेपालका लागि चिनियाँ राजदूतसहित प्रतिनिधिमण्डलका सदस्यको पनि सहभागिता थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.