राजनीति

कांग्रेसको प्रदेश अधिवेशन दुईदिन परसर्यो

सत्ता नेतृत्व गरिरहेको नेपाली कांग्रेसको प्रदेश अधिवेशन निर्धाति तिथिभन्दा दुई दिन पछि धकेलिएको छ । यसअघि मंसिर १६ र १७ गतेका लागि प्रदेश अधिवेशन तय भएको थियो ।

कांग्रेस

प्रदेश महाधिवेशनको नयाँ कार्यतालिका अनुसार अब १७ गते उम्मेदवारी दर्ता हुनेछ भने १८ गते अधिवेशन उद्घाटन हुने निर्वाचन समितिले जनाएको छ ।

प्रदेश अधिवेशन सुरु हुनु तीन दिनअघि कांग्रेसले अधिवेशनको मिति सारेको हो । मंगलबार बिहान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच भएको छलफलपछि नयाँ मिति तय भएको हो ।

प्रदेश अधिवेशन सरे पनि केन्द्रीय महाधिवेशनको मिति भने हेरफेर नभएको निर्वाचन समितिको भनाइ छ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ । केन्द्रीय कार्यसमितिका लागि मनोनयन दर्ता भने मंसिर २१ गते नै हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.