जापान

नेफिन जापान कान्तो क्षेत्रीय समितिको अध्यक्षमा कर्साङ तामाङ

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापान कान्तो क्षेत्रीय समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आइतवार नोभेम्बर २९ तारिखमा जुम भर्चुअल माध्यमबाट सम्पन्न अधिवेशन तथा नयाँ कार्यसमिति घोषणा समारोहले कर्साङ तामाङलाई अध्यक्षमा चयन गरेको छ ।

त्यसै गरी महासंघ कान्तोको समितिका दुई उपाध्यक्षमा दीप लिम्वू र दिवस पुन मगर, त्यस्तै सचिवमा बिनय गुरुङ चयन हुनुभएको छ । कार्य समितिको सहसचिव स्मृति मोक्तान, कोषाध्यक्षमा प्रिन्स पुन चयन हुनु भएको छ । सदस्यहरु अभिसेक लिम्वू, रमेश पहरी, रिन्जी शेर्पा, कल्पना चेम्जोङ चयन हुनु भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्वुको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा विभिन्न ब्यक्तित्वहरुले शुभकामना दिनुभएको थियो ।

नव निर्वाचित अध्यक्ष कर्साङ तामाङलाई एक कार्यक्रमकाबीच एनआरएनए आइसीसीका ददिवल खड्का, नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली, नेफिन जापानका केन्द्रिय महासचिव शान्त पहरी लगायत संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना तथा बधाई दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.