अर्थ

कोरोनाले सिर्जना गरेको चुनौती सामना गर्न सरकार प्रयासरत

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ का कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध भएर लागिपरेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३ औं वार्षिकोत्सव तथा २२औँ वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा उहाँले सरकार मात्रैले कोभिडले सिर्जना गरेको चुनौतीलाई सामना गर्न नसक्ने भएकाले निजी क्षेत्रको बलियो साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।

सरकारको सामथ्र्यका आधारमा मुलुकका सामु देखिएको चुनौतीलाई चिरेर अगाडि जान सकिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “समस्याको समाधानका लागि सकारात्मक सन्देश नै सबैभन्दा ठूलो विषय हो, गतिलो मार्गदर्शन पनि हो ।”

उहाँले कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा देखा परेको सङ्कटलाई समाधानका लागि हरेक स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल निर्माण गर्ने योजना अनुसार आज देशभर नै शिलान्याश गर्न लागिएको जानकारी दिनुभयो ।

सो कार्यका लागि अर्थ मन्त्रालयले रु ५८ अर्ब बराबरको बजेट व्यवस्था गरेको छ । स्वास्थ्य क्षेत्रमा शक्तिशाली पहल होस् भन्ने आम चाहनालाई सरकारले सम्बोधन गर्न लागेको अर्थमन्त्री पौडेलको भनाइ थियो । उहाँले कम बोल्ने र बढी भन्दा बढी काम गर्ने पहलमा आफू रहेको बताउनुभयो । उहाँले नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित नेतृत्वसँग सहकार्य गर्न आफू आतुर रहेको समेत बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोरोनाले पारेको असरलाई चिरेर दिगो आर्थिक वृद्धिका लागि आफूहरुले विशेष रणनीति तयार पारेको र केही दिनभित्रै सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

वार्षिक चार लाख युवालाई रोजगारी प्रदान गर्न महासङ्घले उक्त रणनीतिमा विशेष जोड दिएको उल्लेख गर्दै साना तथा मझौला उद्योग काभिड– १९ का कारण सबैभन्दा बढी प्रभावमा परेका बताउनुभयो । उहाँले कोरोनाले पारेको प्रभावलाई न्यून गर्दै विभिन्न क्षेत्रमा कर तथा भन्सार छुट र न्यून नीतिगत सुधार जरुरी रहेको स्पष्ट पार्नुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिश मोरले निजी क्षेत्रसँग सहकार्य गरेर विश्वासको वातावरण बनाउन सरकारले विशेष पहल गरेको अवस्थामा कोरोना नेपालका लागि एउटा अवसर बन्न सक्ने बताउनुभयो । उहाँले कोभिड–१९ ले सिर्जना गरेको सङ्कटलाई समाधान गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन, पूर्ण रुपमा उद्योग तथा प्रतिष्ठान सञ्चालन गर्न र आर्थिक गतिविधिलाई प्रश्रय दिन सबैको साझा प्रयास जरुरी रहेका बताउनुभयो ।

अध्यक्ष मोरले चालू आवको बजेट तथा मौद्रिक नीतिमा समावेश गरिएका विषयको वस्तुनिष्ठ कार्यान्वयन गर्न माग गर्नुभयो । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यून गर्दै आर्थिक गतिविधिलाई बढावा दिनुपर्ने बताउनुभयो ।

राससका कार्यकारी सम्पादक पाठक सम्मानित

साधारणसभाको अवसरमा सेजनले राष्ट्रिय समाचार समिति९रासस० का कार्यकारी सम्पादक एकराज पाठकलाई सेजन सम्मान प्रदान गरेको छ । लामो समयदेखि नेपालको आर्थिक पत्रकारितामा योगदान गर्नुभएकाले राससकर्मी पाठकलाई सम्मान गरिएको सेजनले जनाएको छ । अर्थमन्त्री पौडेलले उक्त सम्मान प्रदान गर्नुभएको हो । यस्तै सोही सम्मानबाट लक्ष्मण हुमागाई, लोकबहादुर चापागार्इं र प्रशन्न चित्रकार सम्मानित हुनुभयो ।

यस्तै सेजन अवार्डबाट नागरिक दैनिकका बालकृष्ण ज्ञवाली र सोभित थपलिया सम्मानित हुनुभयो । सो अवार्डको राशि जनही रु ५० हजार रहेको छ । यस्तै सेजनले जीवन बस्नेत र लक्ष्मी सापकोटालाई ‘फेलोसिप’ प्रदान गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.