सरकारले उर्दी जारी गरे पनि काठमाडौंमा राजावादीको शक्ति प्रदर्शन (फोटोहरुसहित)
देशमा सत्तारुढ दलभिको अन्तरशक्ति संघर्षका कारण मुलुकमा राजनीतिक अस्थिरता बढ्दै गएका बेला देशको बिभिन्न भागमा ठूलो संख्यामा सर्वसाधारणले राजसंस्थाको पक्षमा प्रदर्शन गरिरहेका छन् ।
पोखराबाट सुरु भएको राजतन्त्र समर्थकहरुको प्रदर्शन विराटनगर, कैलाली, नेपालगञ्ज र हेटौडामा पुग्दा जनताको उपस्थिति बढी देखिएपछि आइतबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले राजसंस्था पक्षधरको जुलुस र गतिविधिमा सहभागी नहुन आम देशवासीलाई अपील गर्नु भएको थियो ।
सरकारले त्यस्तो प्रदर्शनमा सहभागी नहुन अपील गरे पनि राजसंस्था पक्षधरहरुले सोमबार काठमाडौंको पनि शक्ति प्रदर्शन गरेका छन् । राजा आउँ देश बचाउदेखि २०४६ सालको संविधान पुर्नस्थापित गर भन्ने नारा लगाउँदै काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्याली निकालेका हुन् ।
हात हातमा राष्ट्रिय झण्डा बोकेर काठमाडौं , ललितपुर र भक्तपुरको बिभिन्न भागबाट माइतीघरमा भेला भएकाहरु नाराबाजी गर्दै नयाँ वानेश्वर पुगेका थिए । र्यालीमा कतिपय स्वतस्फुर्तरुपमा भेला भएका छन् भने र्यालीमा राजसंस्था र २०४६ सालको संविधानको पुर्नस्थपाना माग गरिरहेका छन् ।