बिपी चिन्तन तथा गणेशमान फाउन्डेसनबाट नेपालमा मास्क सहयोग
नेपालमा कोरोनाको महामारीमा जापानस्थित बिपी चिन्तन फाउण्डेसन, ग्राउण्ड वर्क मिसिमा र नेपाल जापान एसोसिएसनले सयुक्त रुपमा ११ हजार ७ सय मास्क नेपालस्थित गणेशमान सिंह फाउण्डेसनलाई हस्तान्तरण गरिएको छ।
नेपालमा अझै सुरक्षित मास्कको अभाबमा भैरहेको अबस्थामा जापानस्थित यी ३ वटा सस्थाले सामाजिक सेवा क्रियाकलाप अन्तर्गत मास्क संकलन र वितरण काम गर्दै आइरहेको छ ।
गत हप्ता यो सस्थाहरुको सयुक्त भेलाले अब आउँदा दिनहरुमा आवश्यकता अनुसार मास्क संकलन गरी नेपालको संकटग्रस्त स्थलमा जापानको मास्क वितरण गर्ने योजना रहेको जानकारी दिनु भएको छ ।
तीन सस्थाका सदस्यहरु, बिपी चिन्तन तथा गणेशमान फाउन्डेसनको अध्यक्ष तथा नेपाल च्याम्बर अफ कमर्सको प्रतिनिधि डा. बलराम श्रेष्ठ, डा. वातानाबे तोयोहिरो, जापानको लागि नेपालको पर्यटनदूत इसिओका हिरोमी, बिपी चिन्तन तथा गणेशमान फाउन्डेसनको संचार प्रवक्ता भेषनारायण श्रेष्ठ, सदस्य बिनोद शेरचन, सदस्य लक्ष्मण श्रेष्ठको सहभागी रहेको थियो ।