राजनीति

एमाले अध्यक्षमा ओली ठूलो मतान्तरमा विजयको नजिक

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीको विजय निश्चित बनेको छ । जारी मतगानाको पछिल्लो समाचार अनुसार आधाजसो मतगणना सम्पन्न हुँदा ओली झण्डै ९ सय मतले अगाडि हुनुहुन्छ ।

आज दिउँसोबाट सुरु भएको मत गणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले सुरुदेखि ठूलो मतान्तरसहित नै अग्रता लिनुभएको हो ।

निर्वाचन समितिले दिएको पछिल्लो जानकारीअनुसार ओलीले ९९६ मत पाउँदा अर्का प्रत्यासी भीम रावलले १११ मत पाउनुभएको छ । २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन नसकेपछि मंगलबार बिहान विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.