नेपाल चामल तेल, दाल, उद्योग संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सरोकारवाला मन्त्रालय तथा विभागका प्रमुखहरुसंग भेट गरी सुझाव पेश गरेको छ ।

प्रतिनिधिमण्लले अर्थ सचिव मधुकुमार मरासिनी, उद्योग विभागका महानिर्देशक जिवलाल भुसाल, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देश प्रेमकुमार श्रेष्ठसंग कार्यकक्षमा भेट गरी चामल, तेल, दाल दैनिक जिवनमा नभै नहुने खाद्य बस्तु भएकोले यी उद्योगहरुको संरक्षण गरी भविश्यमा हुनसक्ने खाद्यान्न परनिर्भरताबाट जोगिन नेपाल सरकारलाई अनुरोध गरेको छ ।
संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ता, पूर्व अध्यक्ष कुमुद कुमार दुगड, उपाध्यक्ष नरेश राठी, महासचिव दिपक कुमार पौडेल र कार्यालय प्रमुख अजय पराजुलीको उपस्थिति रहेको भेटमा कृषि उत्पादनको कच्चा पदार्थ र तयारी बस्तुको भन्सार दर २ तह हुनुपर्ने, सहउत्पादन विदेश निकासी गर्दा निकासी कर छुट हुनुपर्ने माग राखिएको छ ।
त्यसै गरी नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप सबै बैकले कृषिमा लगानी गर्नु भनेकोमा चामल, तेल र दाल उद्योगमा १५ ५ ब्याजदरमा लगाएको ऋणसमेत कृषिमा लगानी गरेको भनी बैंकहरुले तथ्याङक तयार गरी भ्रम फैलाएको आरोप लगाइएको छ ।
ज्ञापनपत्रमा उद्योगमा गरिएको लगानी कृषिमा भनेर भ्रम फैलाउनुका साटो बैंकले चामल, तेल दाल उद्योगलाई कृषिमा आधारित उद्योगमा राखी बैंक ऋण सुबिधा दिनुपर्ने कि यी उद्योगमा गरेको ऋण लगानीलाई कृषि उपजको लगानीबाट हटाउन माग गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्