राजनीति

ओली अध्यक्षमा निर्वाचित, रावलको पक्षमा दुईसय १३ मत

उपाध्यक्षमा घनश्याम भुषाल पराजित अष्टलक्ष्मी शाक्यलाई सर्वाधिक मत

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । उहाँले अध्यक्षका प्रत्यासी डा. भीम रावललाई ठूलो अन्तरले पराजित गर्नुभएको हो ।

समाचार अनुसार अध्यक्ष ओलीले एक हजार ८ सय ८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २ सय १३ मत मात्र पाउनुभएका छ ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

यसै गरी रावल पक्षबाट उपाध्यक्षमा उम्मदवारी दिनुभएका घनश्याम भुषाल पराजित हुनुभएको छ । उहाँले ७ सय २५ मत मात्र पाउनुभएको छ ।

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएर विजयी हुनुभएको हो । उहाँले खसेको २०९६ मतमध्ये १९७६ मत पाउनुभएको छ ।

त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.