जन सरोकार

जलस्रोतमा धनी मुलुकका पैसा तिरेर अशुद्ध पानी पिउन बाध्य

जलस्रोतमा विश्वकै दोस्रो धनी मुलुक नेपालका जनता सहज र सुलभ रुपमा शुद्ध पिउने पानीबाट वञ्चित छन् । उपत्यका लगायतका शहरी क्षेत्रका घरमा दैनिक जसो धारामा शुद्ध पानी आउने कल्पना मेलम्चीको सपनासंगै टाढिंदै गएपछि यहाँ पानी व्यापार फस्टाएको छ ।

फस्टाउँदै गएको पानी व्यापारले जनताको स्वास्थ्यमा भने खेलवाड गरिरहेको छ । शुद्ध पिउने पानी भनेर विक्री भैरहेका पानी अशुद्ध रहेको प्रमाणित भएको छ । पानी जस्तो अत्यावश्यक र जीवनदायिनी वस्तु पनि अशुद्ध हुनु भनेको अतिव्यापारीकरणकै नमूना हो ।

पछिल्लो समय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको परीक्षणमा विभिन्न २१ वटा उद्योगबाट उत्पादन हुँदै आएका पिउने पानी अशुद्ध रहेको पाइएको हो । विभागका अनुसार दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा दायर गरिएका २६ वटा मुद्दामध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीका छन् ।

विभागले गत साउनदेखि कात्तिकसम्मको अवधिमा ती नमुना परीक्षण गरेको हो । त्यस्तै विभागले तेल तथा घिउका १४ उद्योगका नमुना र खाद्यान्नका १० वटा नमुना परीक्षण गर्दा गुणस्तरमा समस्या पाइएको जनाएकोे विभागका निर्देशक एवं प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनुभयो ।

यस्तै विभागले यस अवधिमा १५६ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी गरेको छ भने ६३० उद्योग अनुज्ञापत्र नवीकरण तथा ६४२ नयाँ उद्योग स्थापना गर्न सिफारिस गरिएको जनाएको छ । सो अवधिमा १२ वटा विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयबाट २५ हजार १५४ वटा नमुना प्राप्त भई जाँच विश्लेषण नियमन गरिएको थियो ।

तीमध्ये पापड, चामल, बदाम, मसला, मैदा, बेसनलगायतका २५ वटा नमुना प्रतिकूल पाइएकाले सोको आयात रोकिएको प्रवक्तासमेत रहनुभएका महर्जनले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.