राजनीति

काठमाडौंमा सभा, जुलुस नगर्न निर्देशन : अटेर गरे कानुन बमोजिम कारबाहीको चेतावनी

केही दिनयता राजतन्त्र समर्थक लगायत विभिन्न समूहहरुले राजधानी काठमाडौंमा जुलुश प्रदर्शनलाई तीब्रता दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले भिडभाड हुने कुनै पनि गतिविधि नगर्न निर्देशन दिंदै निर्देशनको पालना नगर्नेलाई कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।

जिल्ला प्रशासनन कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारी गरी नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच सभा, जुलुस, प्रदर्शन वा अभियानको नाममा भिडभाड नगर्न निर्देशन दिंदै अटेर गर्नेलाई कानुनी कारबाही गरिने जनाएको हो ।

जारी सूचनामा कोभिड–१९ नियन्त्रणमा नआइसकेको र भिडभाड गर्दा महामारीले भयावह रुप लिन सक्ने भन्दै राजनीतिक वा अन्य माग राखेर भिडभाड गर्नेलाई स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन अनुसार यस्तो आदेश जारी गर्नु परेको जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.