जल/वातावरण

मंगलबार कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या १५ सय २९

नेपालमा कोरोना संक्रमितका संख्या घट्दै गए पनि मृतकको संख्या भने घट्न सकेको छैन । पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १५२९ पुगेको छ ।

त्यसै गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १३०४ जना नयाँ संक्रमित थपिएका छन । यसै गरी पछिल्लो यही अबधिमा २०७३ जना संक्रमणमुक्त भएका छन ।

नेपालमा योसँगै २१६५९४ जना संक्रमणमुक्त भइसकेका मन्त्रालयले जनाएको छ । यसैगरी अहिलेसम्म आइसोलेशनमा रहेकाहरुको संख्या १६६३३ छ भने ६१६ जना क्वारेन्टिनमा रहेका छन । नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.