राजनीति

नेकपा सचिवालय बैठक- अध्यक्षद्वयको प्रतिवेदनमाथि छलफल, बुधबार पुनः बस्ने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलको जन्मदिनको केक काटेर सुरु भएको सचिवालय बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।

सचिवालय बैठकमा दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर यही मङ्सिर १८ गते हुने स्थायी कमिटी र २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लैजाने वा अलग(अलगरुपमा लैजाने भन्ने बारेमा नेताहरुबीच छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दहाल प्रचण्डका छुट्टाछुट्टै प्रतिवेदन माथि छलफल स्रुरु भएको र बैठक बुधबार बस्ने गरी स्थगित भएको छ ।


बैठकको शुरुमा महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ६२ औँ जन्मोत्सवका अवसरमा शुभकामनासहित केक काटी प्रधानमन्त्री एवं पार्टीका ओली,अध्यक्ष दाहालसहितका नेताहरुले शुभकामना दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.