राप्रपा महामन्त्रीमा कुन्ती शाहीको उम्मेदवारी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आजदेखि सुरु हुने महाधिवेशनमा महामन्त्री पदका लागि पूर्व मन्त्री कुन्ती शाहीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

आफ़्नो गृह जिल्ला दैलेखबाट राष्ट्रिय राजनीतिमा उदाउँदै गर्नुभएकी शाही स्थानीय विकास मन्त्रालय र शहरी विकास मन्त्रालयमा राज्यमन्त्रीको सफल जिम्मेवारी सम्हाली सक्नुभएको छ ।
ससदमा पार्टीको सचेतकको भूमिका समेत सफलतापूर्वक सम्पन्न गरेको अनुभव शाहीसँग छ । राप्रपाको महिला संगठनको केन्द्रिय अध्यक्षको भूमिकामा लामो समय काम गरेको र पार्टीको संगठन विस्तारमा उल्लेखनीय योगदान दिनुभएको छ ।
पार्टीभित्र ईमान्दार र काम गर्ने नेताका रूपमा लिइन्छ । विभिन्न पार्टी र नेतासँग पार्टीको आन्तरिक सम्बन्ध र अन्तराष्ट्रिय स्तरमा समेत राम्रो सम्बन्ध कायम गर्न सफल ब्यक्तिको रूपमा नेतृ शाहीलाई लिने गरिन्छ ।
राप्रपालाई देशको वैकल्पिक शक्ति बनाउन आफू हरबखत पार्टी हितमा लागेर अगाडि बढने क्षमता आफूसग रहेको भन्दै तत्कालीन समयमा आफूले ज्यानको बाजी समेत लगाएर पार्टीमा काम गरेकोले सानो सानो समस्याबाट आफू बिचलित नहुने बताउनु भयो ।
पार्टीमा पछिल्लो समय इमान्दारीताको खाँचोको कमी रहेको भन्दै पद लोभको भावना बढेको प्रती चिन्ता ब्यक्त गर्नुभयो । राप्रपा पार्टी यसका नेता कार्यकर्ता बिचलित नभई देशको वैकल्पिक शक्ति बनाउन सबैजना एकतावद्ध भएर लाग्न अपील समेत गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्