जापान

एक महिनामै जापान प्रवेश निषेध- आठ हजार नेपाली विद्यार्थी प्रत्यक्ष प्रभावित

कोरोना भाइरस संक्रमण कम हुँदै गएपछि जापान सरकारले लामो समयको प्रतिबन्धपछि यही नोभेम्बर ८ तारिखदेखि लागूू हुने गरी विदेशीका लागि पर्यटक भिसाबाहेक अन्यका लागि प्रवेशाज्ञा खुला गरेको थियो ।

जापान

प्रवेश खुलेसंग भिसा लागेर कलेजहरुमा शुल्क तिरर अलपत्र परेका नेपाली विद्यार्थीहरु खुस थिए तर कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि जापानले विदेशीलाई प्रवेश रोक लगायो ।

जापान सरकारले नोभेम्बर ८ तारिखमै बोर्डर खुला गरेकोले यसअघि तयारी गरेर बसेका भए पनि विद्यार्थी भने जान पाएका थिएनन् । जापान बन्द हुँदा करिब आठ हजार विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन् ।

उनीहरूले सम्बन्धित कलेजमा भर्नाका लागि अनुमति (कन्फरमेसन अफ इन्रोल्मेन्ट) समेत पाइसकेका छन् । विद्यार्थीहरू हवाईजहाजको टिकटसमेत किनेर जाने तयारीमा थिए ।

त्यसै गरी अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिख (आज)देखि लागूू हुने गरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि एक साताअघि मात्रै आवागमन खुला गर्ने निर्णय गरेको थियो । तर सो निर्णय कार्यान्वयन नहुँदै फेरि बन्द गरियो ।

अस्ट्रेलियाका लागि भने यसअघि नै प्रवेशाज्ञा (भिसा) लिएर बसेका विद्यार्थी तीन हजार आठ सय रहेको इक्यानले जनाएको छ । उनीहरूले आफू पढ्न जाने कलेजमा शुल्कसमेत बुझाइसकेका छन् । कलेज जान नपाएका विद्यार्थीले डलरमा शुल्क तिरेर नेपालबाटै अनलाइन कक्षा लिइरहेका छन् ।

जापान सरकारको निर्णय कहिलेसम्मका लागि हो भन्ने केही खुलाइएको छैन । अस्ट्रेलिया सरकारले भने डिसेम्बर १५ सम्मका लागि भनेको छ तर त्यसपछि पनि खुल्छ कि खुल्दैन भन्ने निश्चित नछैन ।

दुवै मुलुकको निर्णयबाट नेपाली विद्यार्थी पनि प्रभावित हुने भएका छन् । दुवै मुलुक उच्च शिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.