जन सरोकारस्वास्थ्य

आज थपिए तीनसय १६ सङ्क्रमित, तीनजनाको मृत्यु

बुधबार नेपालमा यसअघिको भन्दा बढी कोरोना सङ्क्रमित थपिएका छन् । आज १२ हजार ७२७ मा कोरोना परीक्षण गर्दा ३१६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा कृष्णप्रसाद पौडेलले सक्रिय सङ्क्रमित छ हजार ९५४ पुगेको छ । पछिल्लो समय थप २५९ जना सङक्रमणमुक्त भएको पौडेलले जानकारी दिनुभयो । योसँगै आठ लाख तीन हजार १६८ जना सङ्क्रमण मुक्त भएका छन् ।

पाँच सयभन्दा बढी सङ्क्रमण भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, धनुषा, भक्तपुर, कास्की, पूर्वनवलपरासी, बाँके र कैलाली रहेका छन् ।

यस्तै शून्य सङ्क्रमित भएका जिल्ला मनाङ, हुम्ला, सल्यान जाजरकोट र मुगु रहेका छन् । नेपालमा सङ्क्रमण दर १७।७ प्रतिशत रहेको छ । उहाँका अनुसार हाल होमआइसोलेशनमा छ हजार ६१०, संस्थागत आइसोलेसनमा ३४४, आइसियुमा १२० र भेन्टिलेटरमा ३७ जनाको उपचार हुँदैछ ।

तीनको मृत्यु

मन्त्रालयका प्रवक्ता डा पौडेलले पछिल्लो २४ घण्टामा कोरोनाबाट आज थप तीन जनाको मृत्यु भएको जानकारी दिनुभयो । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२९ पुगेको छ ।

त्यसैगरी पछिल्लो समय दुई लाख २७ हजार ५८४ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको उहाँले बताउनुभयो । हालसम्म पहिलो मात्रा एक करोड ३० लाख ४०८ ले र पूर्ण मात्रा ८५ लाख १४ हजार ६८४ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.