जन सरोकार

पशुपतिमा विद्युतीयपछि दाउराबाट शव जलाउने मेसिन जडान

पशुपतिनाथ मन्दिर परिसरमा विद्युतीय शवदाह मेसिनपछि अब दाउराबाट शव जलाउन सक्ने मेसिन (आधुनिक वातावरणमैत्री शवदाह गृह) जडान भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बुधबार सो मेसिनको अनावरण गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री भट्टराईले विश्वका हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अन्य धर्म, संस्कृति र सम्प्रदायका मानिसहरुको पनि पर्यटकीय गन्तव्यकारुपमा विकास गर्ने काम भइरहेको बताउनुभएको छ ।

कोभिड–१९ का कारण बन्द रहेका धार्मिकरसांस्कृतिक गतिविधिहरु अब स्वास्थ्य सम्बन्धी मापदण्डलाई कडाइका साथ पालना गर्दै खुला गर्दै जाने निर्णय मन्त्रिपरिषद बैठकले गरिसकेकाले आगामी पुस १ बाट पशुपति मन्दिर पनि खुला रहने जानकारी मन्त्री भट्टराईले दिनुभयो ।

पशुपतिमा स्थापना गरिएको आधुनिक मेशिनको प्रयोगबाट शव जलाउँदा दाउराबाटै शव जलाउने हिन्दु संस्कार पनि जीवित रहने अपेक्षा कोषको छ । वातावरणमैत्री, काठको खपत कम हुने र एउटा शव जलाउन अधिकतम डेढ घण्टा मात्र लाग्ने भएकाले यो मेसिन जडान गरिएको जानकारी दिइएको छ ।

पशुपति क्षेत्र विकास कोषको दाता परिचालन अन्तर्गत एभरेष्ट बैंक लिमिटेडले दाउराबाट शव जलाउने (आधुनिक वातावरणमैत्री शवदाह गृह) मेसिन जडान गरेको हो । कोरोनापछि यी शवदाह गृहमा संक्रमित भई निधन भएका व्यक्तिको मात्र शव जलाउने गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.