जापान
एनआरएनए चिवाले अग्रजहरुलाई सम्मान सहित अन्तरक्रिया गर्ने
गैरआवासीय नेपाली संघ एनआरएनए जापान चिवा क्षेत्रीय समितिले सो क्षेत्रमा रहनुभएका स्थानीय अग्रहरुसंग परिचयात्मक अन्तकृया कार्यक्रम सहित सम्मान गर्ने भएको छ ।

डिसेम्वर ५ तारिक आइतबार एक समारोहबीच चिवा क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आउनु भएका अग्रजहरुसंग परिचयसंगै समसामायिक विषयमा अन्तकृया गर्ने भएको हो ।
ट्रेन्ड होटल फुनावासीको सभाहलमा मध्यान्ह १२ बजेबाट सुरु हुने कार्यक्रममा अग्रजहरुको सुझाव तथा अन्तकृयाबाट आएको मुख्य विषयहरुमा वार्षिक कार्ययोजना समेत तय गरिने आयोजक एनआरएनए चिवाका संयोजक मुक्तिराज रेग्मीले बताउनु भयो ।
साथै सोही अवसरमा अग्रजहरुलाई उहाँहरुको योगदानका आधारमा सम्मान समेत गर्ने कार्यक्रम राखिएको छ । चिवा क्षेत्रमा रहनु भएका नेपाली समुदायमा सो कार्यक्रममा सहभागिताका लागि एनआरएनए चिवा क्षेत्रीय समितिले अपिल गरेको छ।
प्रतिक्रिया राख्नुहोस्