जापान

हिमालयन ईन्टनेशनल विद्यालयले नवप्रवेशी अभिभावकहरुसंग अन्तकृया गर्ने

जापानको कोईवा शहरमा नेपालीहरुद्धारा सुरु गरिएको हिमालयन ईन्टरनेशनल एकाडेमीले आगामी नयाँ शैक्षिकसत्रबाट विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीका अभिभावकसंग अन्तकृया गर्ने भएको छ।

आगामी डिसेम्बर १८ तारिक शनिबारका दिन कोईवास्थित विद्यालय सभाहलमा नयाँ भर्ना हुन चाहने तथा अध्ययनरत विद्यार्थीका अभिभावकहरुसंग विद्यालयको शैक्षिक गतिविधि र नयाँ योजनाका बारेमा छलफल हुने तयारी गरिएको छ।

विद्यायका प्रिन्सिपल शिशिर गौडेलका अनुसार दुई चरणमा हुने कार्यक्रममा पहिलो चरणमा हाल अध्ययनरत विद्यार्थीका अभिभावहरुसंग छलफल तथा नयाँ कार्ययोजनाका बारेमा अन्तकृया हुनेछ भने दोश्रो चरणमा नवप्रवेशी विद्यार्थीका अभिभावकहरु विद्यालयको शैक्षिक क्यालेण्डर लगायतका विषयमा जानकारी दिइनेछ ।

यसै वर्षको अप्रिल महिनाको शैक्षिकसत्रबाट पठन पाठन सुरु गरेको विद्यालयमा हाल ४० बढी नेपाली विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयमा नेपाली पाठयक्रम आधारमा नियमित कक्षासंगै म्यूजिक, आर्ट, डान्स, जापानी भाषाको अतिरिक्त कक्षा सहित खेलकुदका अतिरिक्त कृयाकलापहरु संचालनमा छन् ।

नर्सरीदेखि कक्षा चारसम्म पठनपाठन भैरहेको विद्यालयमा नयाँ वर्षबाट पाँच कक्षाको समेत नयाँ भर्ना लिएर कक्षा सुरु गरिने विद्यालय संस्थापक समितिका राजन रिजालले जानकारी दिनुभयो ।

यसैबीच सो समारोहमा सहभागि हुन चाहने नव प्रवेशी तथा जानकारी लिन इच्छुक अभिभावकहरुले विद्यालयमा पूर्व जानकारी गराएर सहभागी हुन प्रिन्सिपल गौडेलले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.