राजनीति

राप्रपाको अध्यक्षको उम्मेदवारी शुल्क एकलाख

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारीहरुका लागि महंगो शुल्क तोकिएको छ । अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क एक लाख र उपाध्यक्षका लागि ७५ हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिनुभयो ।

बुधबार सुरु भएको राप्रपा महाधिवेशनले अध्यक्ष, १ महिलासहित ४ जना उपाध्यक्ष, १ महिलासहित ३ जना महामन्त्री र १४१ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुँदैछन् ।

निर्वाचन समितिका संयोजक थापाका अनुसार शुक्रबारदेखि मात्र निर्वाचन कार्यक्रम सुरु हुनेछ । बिहीबारसम्म मतदाता नामावली प्रकाशन गर्ने र शुक्रबार निर्वाचन कार्यक्रम सुरु गर्ने समितिको तयारी छ ।

राप्रपाको अध्यक्ष पदमा वर्तमान तीन अध्यक्षमध्ये एक कमल थापा र महामन्त्री तथा सो पार्टीका एकमात्र सांसद राजेन्द्र लिङदेनको उम्मेदवारी घोषणा भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.