साहित्य

परदेशबाट घरदेश सम्झँदै।।।

– दीपेन्द्र अधिकारी
मही मथेर नै हाम्रो सहिचार गरौं।।
बिमारै परेपछि पेट चिरेरै निकालौं।
घिउ पारेर घिउले नै परिचार गरौं।।
दोषारोपण छर्दा दोषमात्रै उम्रिने भो झार।
सानो चित्त बनाउनाले मन झुम्रिने भो यार।।
माया उम्लिनाले कोसे ढुङ्गा बन्न सकेनौ।
लुछाचुँडी गर्दागर्दै हरेराम खुम्रिने भो प्यार।।
घरबारीको झारपात बेलैमा गोडेरै फाल्नु पर्छ।
हरेक बिहान नयाँ काम हात जोडेरै थाल्नु पर्छ।।
कुप्रचार बढी गर्नाले त राम्रा कुरा पनि छोपिए।
यसरी कहाँ चल्छ सञ्जाल तोडेरै समाल्नु पर्छ।।
कोभिड उन्नाइस हुँ भनेर नाम बताएर गयो।
हात मुख धोइ सफा हुने काम खटाएर गयो।।
तहस नहस अलाप विलाप पारेर मानवलाई।
घाँटीमा च्याप्प समाएर हरे राम उठाएर गयो।।
-पोखरा, हाल : जापान

सम्बन्धित खबर

Back to top button