जन सरोकार

शुक्रबार रातिदेखि नौ देशबाट नेपाल आउन प्रतिबन्ध

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका विभिन्न देशमा फैलन थालेपछि सरकारले दक्षिण अफ्रिका, हङकङ लगायत ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने भएको छ ।

शुक्रबारदेखि लागू हुने गरी सरकारले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

हाल ती मुलुकबाट नेपालतर्फ आउँदै गर्दा बाटोमा रहेका यात्रुले भने अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ । ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएकाले नेपाल प्रवेशमा कडाइ गरिएको हो ।

संक्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा पनि नदिने निर्णय सरकारले गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.