जन सरोकार

डा. कमल लामिछानेद्वारा अन्तर्दृष्टि पुरस्कार स्थापना

प्रसिद्ध विद्वान डा. कमल लामिछानेले दृष्टिविहीनहरुको हौसला बढाउन भूमिका निर्वाह गनेहरुका लागि पुरस्कारको स्थापना गर्नुभएको छ । अन्तर्राष्ट्रिय अपांग लिवसका अवसरमा ३ डिसेम्बर बुधबार एक विज्ञप्तिमार्फत डा. लामिछानेले शिक्षक, विद्यार्थी र पत्रकारलाई पुरस्कृत गरिने गरी अन्तर्दृष्टि पुरस्कार स्थापनाको घोषणा गर्नुभएको हो ।

डा. लामिछानेले देशभर समावेशी तथा एकीकृत शिक्षा कार्यक्रम सञ्चालन गर्ने तीन सयभन्दा बढी विद्यालयमा अध्यापनरत शिक्षकमध्ये एक जनालाई ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ र तिनै विद्यालयमा अध्ययनरत अपांग विद्यार्थीहरूसँग काँधमा काँध र साथमा साथ मिलाई हातेमालो गर्दै आएका एक जना अपांगता नभएका विद्यार्थीलाई पुरस्कृत गर्ने गरी ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’ स्थापना गरेको जानकारी दिनुभएको छ ।

साथै पत्रकारिताका माध्यमबाट अपांगता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास एवम् समतामूलक समाजको एक अभिन्न अंग बनाउन भूमिका खेल्ने पत्रकारमध्ये एक जनालाई पुरस्कृत गर्न ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ पनि स्थापना गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.