जन सरोकार

स्वर सम्राट नारायणगोपालको जीवनशैली, गायकी र अन्य रोचक पक्ष (भिडियोसहित)

आज नेपाली आधुनिक गीत संगीतका कालजयी स्रष्टा स्वर सम्राट नारायणगोपालको स्मृति दिवस । मृगौला रोगका कारण विसं २०४७ साल मंसिर १९ गते राति ९ बजे काठमाडौंको वीर अस्पतालमा उपचारकै क्रममा ५१ वर्षको निधन भएका नारायण गोपाल नेपाली सांगीतिक आकाशको त्यो उचाईका गायक हुन् जसलाई कसैले छुन सक्दैन ।

काठमाडौंको किलागलमा विसं १९९६ असोज १८ गते जन्मनुभएका स्वरसम्राट नारायणगोपालको एउटा मान्यता थियो, गीत संगीतलाई साहित्यमा ढालेर क्रान्ति गर्नुपर्छ । यस्तो मान्यता राख्ने नारायण गोपाल संगीतले समाजलाई धेरै दिनसक्ने ठक्याइका साथ त्यस्तै गीत, संगीतको खोजीमा हुन्थे ।

त्यसैले त उनका गीतमा माया प्रितीको बासनाभित्र कताकता क्रान्तिको झिल्को हुन्थ्यो, जागरणको सन्देश हुन्थ्यो । अनि गीतलाई कसरी भावनामा ढाल्ने भन्ने चिन्ता हुन्थ्यो । दोहारो अर्थ लाग्ने, क्रान्तिको झल्को दिने उनका गीतहरु तत्कालीन समयमा प्रतिबन्धमा समेत परेका थिए ।

हेर्जुहोस् यो भिडियो

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.