जापान

सडक दुर्घटनामा परी जापानमा सिन्धुपाल्चोकका वीरेन्द्रको मृत्यु

जापानको उत्तरी राज्य होक्काईदोको नाकाशिवेचुचोमा बुधबार दिउँसो सवारी दूर्घटनामा परी एकजना नेपाली युवाको मृत्यु भएको छ । तीन पुरूष र एक महिला सवार कार सडक किनारमा रहेको संकेत चिन्ह बोर्डमा दुर्घटना हुँदा सिन्धुपाल्चोक घर भएका २७ वर्षीय वीरेन्द्र तामाङको मृ्त्यु भएको हो ।

जापानी समाचार संस्था एनएचकेमा प्रकाशित समाचार अनुसार करिव ३ः३० बजे भएको दुर्घटना लगत्तै तामाङलाई अस्पलाल पुर्याइएको भए पनि दुई घण्टा पछि मृत्यु घोषणा गरिएको थियो ।

कितामी सहरको राजमार्गमा दुर्घटनामा परेका तामाङको टाउकोमा गम्भीर चोट लागेको थियो । प्रहरीले हिउँ जमेको सडकमा कार चिप्लिएर दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.